Logo

२५ मंसिर, बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आजका लागि तोकिएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उनीहरूको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको रुपन्देही जिल्ला अदालतको चार नम्बर इजलाशमा परेको छ। यसअघि तोकिएको पेशी सार्वजनिक बिदा परेकाले स्थगित भएको थियो।

बुटवलको सुप्रिम सहकारी संस्थाको ठूलो रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा दुवै जना थुनामै छन्। यो मुद्दाको पेशी गत मंसिर १३ पछि निरन्तर सारिँदै आएको छ।

लामिछानेले सहकारीमा भएको अपचलनअन्तर्गत आफूतेर्फ परेको बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते थुनामै राख्ने आदेश गरेको थियो। उक्त आदेशपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।


सम्बन्धित समाचार