Logo

२५ मंसिर,काठमाडौं । नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ ।

एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले हिजो काठमाण्डौकोे कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट अभियानको थालनी गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई हिजो मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार