Logo

२५ मंसिर,वीरगञ्ज ।  बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजे भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

मोटरसाइकलमा पछाडि सवार राकेश पासवान घाइते भएका छन्। अस्पताल पुर्‍याइएपछि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। पासवानको उपचार जारी रहेको अस्पतालले जनाएको छ।


सम्बन्धित समाचार