२५ मंसिर,काठमाडौं । बुटवलस्थित उच्च अदालत तुल्सीपुरको इजलासमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले दायर गरेको जमानत निवेदनमा सुनुवाइ हुन सकेन।
मुद्दा हेर्न नमिल्ने भएको कारण सुनुवाइ स्थगित भएको हो। मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा तोकिएको थियो। तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखेका कानुन व्यवसायी शालिकराम पौडेल पूर्व सहकर्मी भएकाले इजलासले आफूले मुद्दा हेर्न नमिल्ने निर्णय गरेको छ।
लामिछाने र जोशी जिल्ला अदालत रूपन्देहीमा पनि ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका थिए। दुवैले बिगो बराबरको रकम बुझाएर थुनामुक्त हुने माग गरेका थिए। जिल्ला अदालतले निवेदन अस्वीकृत गरेपछि उनीहरूले उच्च अदालतमा पुनरावेदन दायर गरेका थिए।
उच्च अदालतमा मुद्दा हेर्न नमिल्ने निर्णयपछि सुनुवाइ अर्को इजलासमा सारिने भएको छ।















