२५ मंसिर,सर्लाही । विष्णु गाउँपालिका–६ बाट नेपाली १ हजार दरका ९५ थान नक्कली नोटसहित कौडेना गाउँपालिका–५ का ३० वर्षीय फिरोज खानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो। प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार उक्त मोटरसाइकलमा अनटेष्ट सामग्री पनि रहेको पाइएको बताएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।















