२५ मंसिर,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले आफ्नो ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई उपस्थित नबोलाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको एमालेका नेता महेश बर्तौला जानकारी दिए।
बर्तौला अनुसार, महाधिवेशनमा भौतिक उपस्थिति सुनिश्चित गर्न विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन। तर, विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामनापत्र पठाउने तयारी गरिएको छ।
एमालेको ११ औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौंमा हुँदैछ। यसमा नेपालकै १६ विभिन्न राजनीतिक दललाई आमन्त्रण गरिएको छ। महाधिवेशनमा जनपरिचालनलाई विशेष प्राथमिकता दिइएको छ भने, लाखौँ नेता तथा कार्यकर्ताहरू काठमाडौं पुग्ने क्रम जारी रहेको उनले बताए।
बैठकले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको संख्या पनि सार्वजनिक गरेको छ। कुल २,२६८ प्रतिनिधि रहनेछन् जसमा १०८ जना मनोनित सदस्यसमेत समावेश छन्। बैठकले बाँकी रहेका तयारी कार्यहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्नेमा जोड दिने निर्णय पनि गरेको छ।















