Logo

 २५ मंसिर,काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ। बिहीबार महानगर प्रहरी बलले टाउनप्लानिङ क्षेत्रभित्रका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको जनाएको छ।

महानगर प्रहरीका अनुसार, बस्तीको बीचमा रहेका कवाडी संकलन केन्द्रले सुरक्षा जोखिम बढाउने भएकाले ती केन्द्र हटाइएको हो।

महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान नै सुरु गरेको छ। तर यस कदमविरुद्ध कवाडी व्यवसायीहरूले विरोध जनाउँदै आएका छन्। यसअघि पनि महानगरले विभिन्न स्थानमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाउने कार्य गरिसकेको छ।


सम्बन्धित समाचार