२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। बिहीबार जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।
सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए।















