Logo

 २५ मंसिर,काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा केहीबेरअघि सुरु भएको छ। बैठकअघि, हिजो बुधबार सरकारले जेनजी समूहसँग महत्वपूर्ण सम्झौता गरेको छ।

सम्झौता अनुसार, भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने निर्णय गरिएको छ।

जेनजी समूहका अनुसार, नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालीन राजनीतिक दलहरूको सत्तापलट गराएको थियो। यस आन्दोलनको दबावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको थियो।

आन्दोलन अघि जेनजीहरूले कुनै संगठित माग पेश नगरेको कारण, आन्दोलनमा उठेका विषयहरू सहजै बेवास्ता हुने जोखिम थियो। त्यसैले जेनजीका केही समूहले आफ्ना मागहरूलाई राज्यसँग संस्थागत रूपमा दर्ता गराउन चाहेका थिए। लामो समयसम्म के–के विषय दस्तावेजीकरण गर्ने भन्नेमा छलफल चलिरहेपछि बुधबार सिंहदरबारमा दुवै पक्षबीच समझदारी भएको हो।

सम्झौता अनुसार, भद्र २३–२४ को आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गरिनेछ।


सम्बन्धित समाचार