२५ मंसिर, काठमाडौं । सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता स्वीकृत गर्दै राजपत्रमा प्रकाशित गर्ने तयारी थालिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार, सम्झौता राजपत्रमा प्रकाशित गरिने र यसको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिइएको छ।
प्रवक्ता खरेलले भने, “जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने र राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ। उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकता राखेर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ।”















