२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएलगत्तै उनी राष्ट्रपति निवास पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच अहिले भेटवार्ता जारी छ। भेटमा सरकारको पछिल्लो निर्णय, राजनीतिक परिस्थिति तथा जेनजी समूहसँग गरिएको सम्झौतासहितका विषयमा छलफल भइरहेको अनुमान गरिएको छ।
सरकारले हिजो जेनजीहरूसँग भएको सम्झौतालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुमोदन गरिसकेको छ। बैठकले सो सम्झौतालाई नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ।















