२५ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट खोेरी १३४ रन जोड्यो। लुम्बिनीका डार्सी शर्टले ४५ रनको उत्कृष्ट पारी खेले भने कप्तान रोहित पौडेलले ३४ रन थपे।
बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिस जिसीले समान ३–३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका छन्।
आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उता लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
एनपीएलको उपाधि निर्णायक फाइनल पर्सि शनिबार दिउँसो ३:३० बजे सुरुआत हुनेछ।















