२८ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज (आईतबार) बिहानै वीरगञ्जको घण्टाघर नजिकै रहेको बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको छ।
महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षामा उद्यान क्षेत्रमा रहेका अस्थायी संरचना हटाउने काम गरिएको हो । सार्वजनिक स्थानको संरक्षण, सहरी व्यवस्थापन र उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले डोजर प्रयोग गरिएको महानगरपालिकाले जनाएको छ।
सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापन र उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले खाली गराउने कार्य अघि बढाइएको महानगरपालिकाको भनाइ छ। हालसम्म कुनै अप्रिय घटना नभएको र स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।
महानगरपालिकाले बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि व्यवस्थित र सुरक्षित स्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै आवश्यक संरचनागत सुधार र व्यवस्थापनका काम चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिएको छ।
खाली गराउने कार्य जारी छ। बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाको कदमलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
















