Logo

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

यो बैठक काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । नेता महेश बस्नेतका अनुसार यो बैठक वर्तमान केन्द्रीय कमिटीको कार्यकालको अन्तिम बैठक हो । बैठकमा मुख्यतया पार्टीको विधान संशोधनका विषयहरू, देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने र बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णय लिइनेछ । यसअघि भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भने पहिले बिहानै सुरु गर्ने तयारी गरिए पनि समय परिवर्तन भई अब दिउँसो १ बजेका लागि सारिएको छ ।


सम्बन्धित समाचार