Logo

२८ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध पारेका छन् ।

काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले नमोबुद्ध–२ पातलेगाँउमा ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ ।

उक्त घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले तत्कालै बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी खण्डमा सडक अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनहरूको आवागमन ठप्प भएको छ र ती सवारीसाधनहरूलाई धुलिखेलमै रोकिएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहे पनि स्थानीयको आन्दोलनले यातायात सुचारु हुन सकेको छैन ।

 


सम्बन्धित समाचार