Logo

२८ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको आसन्न नेतृत्व चयन प्रक्रियामा आफू चुनावमा उम्मेदवार नबन्ने स्पष्ट पारेकी छन् ।

आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘म अब चुनाव उठ्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ शाक्यले पार्टी नेतृत्वलाई फराकिलो मन बनाउन र विधि तथा विधानसम्मत ढङ्गले चल्न आग्रह गरेकी छिन् । उनले आफू नभई पार्टी चल्दैन भन्ने भ्रम सबै नेताहरूले त्याग्नुपर्नेमा जोड दिँदै पार्टीलाई नीति प्रदान बनाउनुपर्ने धारणा राखिन् ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीसँग भएको विगतको संवादलाई पनि स्मरण गराउँदै ७० वर्ष पुगेपछि आफूले काम नगर्ने भनेकोमा ओलीले ‘सँगै बिदा लिऔँला’ भनेको प्रसंग उल्लेख गरिन् । उनले आम जनताको चासो र चाहनालाई मध्यनजर गर्दै अहिले विधान संशोधन गर्नेतिर लाग्न नहुने सुझावसमेत केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेकी छिन् ।


सम्बन्धित समाचार