Logo

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय तालिका पुनः तेस्रो पटक सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा हिजो शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । यसअघि बिहानैदेखि सुरु गर्ने तयारी गरिए पनि पटक(पटक समय सारिएको थियो ।

केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्रको समय दिउँसो ३ बजेका लागि सारिएको जानकारी दिएका हुन् । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पार्टीको विधान महाधिवेशनको निर्णयलाई उल्ट्याउँदै केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी विधान संशोधनको निर्णय गरेको छ ।


सम्बन्धित समाचार