२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
एमालेको महाधिवेशन चलिरहेको र देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीभित्रका विषयहरूमा छलफल गर्नका लागि यो बैठक बोलाइएको बुझिएको छ ।















