Logo

२८ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान अन्तरिम सरकारको प्रमुख दायित्व तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

संघीय संसद सेवा दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन भएपछि आसन्न निर्वाचनको आवश्यकता र महत्व सबै सम्बन्धित पक्षले महसुस गरेको स्पष्ट पारे । अध्यक्ष दाहालले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको भन्दै यसमा जनताको विश्वास अडिएको धारणा व्यक्त गरे ।

उनले आगामी फागुन २१ गते हुन गइरहेको यो निर्वाचनलाई भयरहित वातावरणमा, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा सरकारको जति दायित्व छ, त्यसलाई सहयोग गर्न संघीय संसदको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । यतिमात्र नभई अध्यक्ष दाहालले जेनजी आन्दोलनको प्रमुख मागको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको विषयमा संसदले पनि गम्भीरताका साथ काम गर्नुपर्ने अवस्था आएको औँल्याए ।


सम्बन्धित समाचार