Logo

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गतको बहुप्रतिक्षित बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा केहीबेरअघि सुरु भएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेका लागि तोकिएको भए पनि केन्द्रीय कमिटीको बैठक लगायतका कारणले गर्दा समय सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु हुन सकेको हो ।
बन्दसत्रको प्रारम्भमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान महाधिवेशनबाट गरिएका केही निर्णयहरूलाई उल्ट्याउँदै केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी कायम राख्ने गरी पार्टी विधानमा संशोधन गरेको छ । अबको बन्दसत्रले संशोधित विधान तथा नेतृत्व चयनको प्रक्रियालाई अगाडि बढाउनेछ ।


सम्बन्धित समाचार