Logo

 

 

२८ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ ।
अघिल्लो दिनको तुलनामा १२ दशमलव ५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा सीमित हुन पुग्यो । यद्यपि, बजारमा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

बजारमा गिरावट आउँदा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्यमा कमी आयो र ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकहरूको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो, जसमा बैंकिङ समूह स्थिर रह्यो भने विकास बैंक, फाइनान्स, हाइड्रोपावर र जीवन बीमा लगायतका समूहहरू सामान्य अंकले घटे ।
आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) लाग्यो । अर्कोतर्फ, सिटी होटलको मूल्य सबैभन्दा धेरै ६ दशमलव २६ प्रतिशतले घट्यो । आज कुमारी बैंक (संस्थापक), ङादी ग्रुप र शिवम् सिमेन्ट धेरै कारोबार भएका कम्पनीको सूचीमा अग्रस्थानमा रहे ।


सम्बन्धित समाचार