Logo

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित चालिसेविरुद्ध आइतबार अख्तियारले मुद्दा दायर गरेको हो । स्रोतका अनुसार, उनीमाथि साढे तीन करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–३ बाट उनको नाम हालै एकल सिफारिस भएको थियो । निर्वाचनको तयारी र सिफारिसको बीचमै उनीमाथि भ्रष्टाचारको गम्भीर मुद्दा दायर भएको छ ।


सम्बन्धित समाचार