Logo

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा भोली केन्द्र, प्रदेश र जिल्लास्थित आफ्ना सबै कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

उपसभापति धनराज गुरूङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सोही शोक प्रस्तावमा उल्लेख भएअनुसार एक दिनका लागि देशभरका सबै कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो । कांग्रेसले एक प्रतिष्ठित नेता गुमाएको यस घडीमा शोक मनाउन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको जनाएको छ ।


सम्बन्धित समाचार