Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षका आकांक्षी पृथ्वीसुब्बा गुरुङले पार्टीको जारी ११ औँ महाधिवेशनमा आगामी नेतृत्व चयनका लागि सहमतिको सम्भावना समाप्त भइसकेको बताएका छन् ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गुरुङले अब चुनावमार्फत नै नेतृत्व चयन हुने निश्चित भएको जानकारी दिए । उनले पार्टीलाई थप शक्तिशाली बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व आवश्यक रहेको जोड दिँदै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।

गुरुङले स्पष्ट शब्दमा भने, ‘अब सहमतिको ढोका बन्द भइसक्यो । हामीले केपी ओलीकै नेतृत्व चाहेका छौँ । एमालेलाई अझै शक्तिशाली बनाउन पनि उहाँको नेतृत्व आवश्यक छ ।


सम्बन्धित समाचार
भर्खरै