Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरिएको छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न इच्छुक नेताले फारम दस्तुर १ सय रुपैयाँसहित कुल १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यस्तै, अन्य पदाधिकारी पदका उम्मेदवारहरूका लागि १० हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय कमिटी सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ ।

यसबाहेक, केन्द्रीय आयोगका अध्यक्ष पदका उम्मेदवारले पनि १० हजार रुपैयाँ र आयोगका पदाधिकारी तथा सदस्यका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला, गौतमले यो निर्वाचनले एमालेमा ‘बोल्नै पाइँदैन’ भन्ने गलत भाष्यलाई खारेज गरिदिएको दाबी समेत गरे ।


सम्बन्धित समाचार
भर्खरै