Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।

डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गतको महिला कोटाबाट उम्मेदवार बनेको जानकारी प्राप्त भएको छ ।
यसै कोटामा महासचिवका आकांक्षी शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । त्यस्तै, बिना श्रेष्ठले पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।


सम्बन्धित समाचार