२९ मंसिर, काठमाडौं । नेकपा एमालेको आसन्न नेतृत्व चयनको निर्वाचनमा महासचिव पदका प्रमुख दाबेदार प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्षमा आफ्नो नाम सार्वजनिक भएपछि असन्तुष्टि जनाउँदै उक्त पदमा बस्न अनिच्छा देखाएका छन् ।
ओली र ईश्वर पोखरेल समूहबीच छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको बेला ज्ञवालीको यो निर्णयले ओली समूहमा थप चुनौती थपेको छ । स्रोतका अनुसार, ज्ञवालीले यसअघि नै अध्यक्ष ओलीसँग आफ्नो अडान स्पष्ट पारिसकेका थिए । उनले ुमहासचिवभन्दा माथि पनि नलड्ने र तल पनि नलड्नेु भन्दै महासचिवमा मात्रै आफ्नो दाबी रहने बताएका थिए ।
तर, उपाध्यक्ष पदमा नाम राखिएपछि असन्तुष्ट बनेका ज्ञवाली हाल महाधिवेशनस्थलमा उपस्थित नभई घरमै आराम गरिरहेको उनी निकट स्रोतले जनाएको छ । महासचिव पद नपाएपछि उनले आफू केन्द्रीय सदस्य मात्र बन्ने मनसायका साथ घर फर्केको बताइएको छ ।















