काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल केपी शर्मा ओली विरुद्ध मैदानमा उत्रिएका छन् ।
नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि नेता ईश्वर पोखरेलले ओलीको विरुद्ध आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित बन्दसत्र हलमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेका बेला पोखरेलले केहीबेरअघि मात्रै औपचारिक रूपमा आफ्नो दाबी पेस गरेका छन् । अध्यक्ष पदका लागि पोखरेलको सीधा प्रतिस्पर्धा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग हुनेछ ।
सहमति जुट्न नसकेपछि दुवै नेता आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन कार्यतालिका अनुसार, नयाँ नेतृत्वका लागि मतदान कार्यक्रम भोलि हुने तय भएको छ ।















