२९ मंसिर, नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर मनोनयन दर्ता गराएका हुन् ।
यससँगै अध्यक्ष ओली तेस्रो कार्यकालका लागि नेतृत्वको प्रतिस्पर्धामा औपचारिक रूपमा उत्रिएका छन् । महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिहरूले अब ओली र पोखरेलबीचको चुनावी भिडन्तबाट नयाँ ३०१ सदस्यीय कमिटीको नेतृत्व चयन गर्नेछन् ।















