Logo

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिकसम्म) मा प्रदेश सरकारहरूले कुल २१ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको समग्र आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कले सातै प्रदेश सरकारको यो खर्च विवरण देखाएको हो । यस अवधिसम्म प्रदेश सरकारहरूको कुल स्रोत परिचालन भने ६० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार यो कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान तथा विभाज्य कोषबाट बाँडफाँट भएको राजस्वबापतको ४७ अर्ब ३ करोड रुपैयाँ समावेश छ । बाँकी १२ अर्ब ४८ करोड रुपैयाँ भने प्रदेश सरकारहरूले आफैँ परिचालन गरेको तथा अन्य स्रोतहरूबाट प्राप्त भएको राजस्व रहेको समाचारमा उल्लेख छ ।


सम्बन्धित समाचार