Logo

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा रेमिट्यान्स ३१.४ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यसैबीच, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ । यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा सामान्य कमी आए पनि रेमिट्यान्स आप्रवाहमा भने बलियो वृद्धि देखिएको पुष्टि गर्दछ ।


सम्बन्धित समाचार