२९ मंसिर, काठमाडौं । सरकारले मुलुकका विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षहरूसँग वार्ता र संवाद गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाललाई सदस्यका रूपमा तोकिएको छ । यस समितिमार्फत सरकारले राजनीतिक वातावरणलाई सहज बनाउन र विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न संवादको पहल गर्ने अपेक्षा गरिएको छ ।
















