Logo

१ पुस, काठमाडौँ । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि, १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनका रूपमा राखिएको छ। एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ।

महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन्। विद्युतीय मतदान प्रणाली रामलक्ष्मण इनोभेसन प्रालि ले व्यवस्थापन गरेको हो।

११ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

यसैबीच, नेतृत्व चयन प्रक्रियाअन्तर्गत ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन्।

यस्तै, मधेशी क्लस्टरअन्तर्गत युवातर्फ अमरकुमार यादव पनि निर्विरोध निर्वाचित भएका छन्।

खुलातर्फ ७७ पदका लागि १६८ उम्मेदवार

नेकपा एमालेको खुलातर्फ केन्द्रीय सदस्य पदमा ७७ जना निर्वाचित हुने व्यवस्था छ। तर उक्त पदका लागि १६८ जनाले उम्मेदवारी दिएका छन्। प्रारम्भिक सूचीअनुसार खुलातर्फ केपी शर्मा ओली, हिक्मत कुमार कार्की, सूर्यबहादुर थापा क्षेत्री, सुहाङ नेम्वाङ, सुरेन्द्र पाण्डे, शेरधन राई, लालबाबु पण्डित लगायत चर्चित नेताहरू प्रतिस्पर्धामा छन्।

एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाले पार्टीको आगामी दिशा र आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले मतदानप्रति देशभर राजनीतिक चासो बढेको छ।

गर्ने भएकाले मतदानप्रति देशभर राजनीतिक चासो बढेको छ।

उम्मेदवारी (सूचीसहित) :


सम्बन्धित समाचार