Logo

१ पौष, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरूमा बालबालिकाको प्रयोगलाई कडाइका साथ रोक्ने विषयमा आज महत्त्वपूर्ण छलफल गर्दैछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना मन्त्री जगदिश खरेल, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित त्रिमन्त्रीय टोलीसँग यस संवेदनशील विषयमा छलफल गर्न लागेको हो ।

प्रवक्ता भट्टराईले दिएको जानकारीअनुसार, यो छलफलको मुख्य एजेन्डा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको गैरकानुनी प्रयोगलाई पूर्ण रूपमा निषेध गर्ने रहेको छ । योसँगै, आयोगले मतदान केन्द्रहरूलाई अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमैत्री बनाउने, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको प्रवर्द्धन गर्ने र मतदाता शिक्षा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा पनि मन्त्रीहरूसँग गहन विचार विमर्श गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार