Logo

१ पौष, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको अन्तिम तालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ, जुन राति १ बजेसम्म जारी रहनेछ। महाधिवेशन प्रतिनिधिहरूले आगामी कार्यकालका लागि आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ कार्यसमिति छनोट गर्नेछन् ।

यस पटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्यानलगत रूपमा देखिने भएको छ। पार्टीको शीर्ष नेतृत्व अर्थात् अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल आ–आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले आ(आफ्नो प्यानल बनाएर प्रतिनिधिहरूमाझ मत मागेका कारण चुनावी सरगर्मी निकै चुलिएको छ ।

निर्वाचन आयोगले मतदानलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा गरिसकेको छ। राति अबेरसम्म चल्ने यो मतदान प्रक्रिया सकिए लगत्तै गणनाको तयारी गरिने र एमालेको आगामी राजनीतिक दिशा तय गर्ने नयाँ नेतृत्वको घोषणा हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार