२ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान भृकुटीमण्डप, काठमाडौंमा मतदान सुरु भएको छ।
प्रधान उम्मेदवार तथा अध्यक्ष पदका दुवै उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गर्न ४० मिनेट समय लगाएका छन्। महासचिवका उम्मेदवार शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय खर्च गरेको निर्वाचन आयोगका प्राविधिकहरूले जानकारी दिएका छन्।
मतदानको सुरुवात शीर्ष नेताहरूले गरेका थिए। ओली र पोखरेलसहित अन्य नेताहरूले पनि सँगै मतदान गरे। यस पटकको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ। मतदानका लागि ८० वटा मेसिन राखिएको निर्वाचन आयोगले जनाएको छ।
शीर्ष नेताहरूले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरू पनि भोट खसाल्न लाइनमा बसेका छन्। प्रतिनिधिहरूले पालो कुर्दै भोट हालिरहेका छन् भने उम्मेदवारहरू पनि त्यही लाइनमा पुगेर मत मागिरहेका छन्।
महाधिवेशनमा अध्यक्षका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। निर्वाचनमा सहभागी प्रतिनिधिहरूले भोटिङमार्फत अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ।















