Logo

३ मंसिर, काठमाडौँ । आज डिसेम्बर १८ अर्थात् विश्व आप्रवासी दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो।

रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ। आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानून अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ।

आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो। नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन्। विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो। नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन्।

यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्या सामना गर्दै आएका छन्। आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन, पूरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ।


सम्बन्धित समाचार
भर्खरै