Logo

३ मंसिर, रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रबाट एकल उम्मेदवार सिफारिस गरेको छ।

पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका रूपमा पूर्वमन्त्री योगेन्द्र यादव सिफारिस भएका छन्। त्यस्तै क्षेत्र नम्बर २ बाट जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति राम आशिष (वसिष्ठ) यादव, क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री गोविन्द चौधरी तथा क्षेत्र नम्बर ४ बाट जसपा नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दास सिफारिस भएका हुन्।

क्षेत्रीय भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले लामो राजनीतिक अनुभव, बलियो सङ्गठन क्षमता र जनतासँगको निकट सम्बन्धका आधारमा चारै उम्मेदवारको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको बताएका छन्।

जसपा नेपालले आगामी निर्वाचनमा रौतहटमा बलियो उपस्थिति जनाउने लक्ष्यसहित उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै