Logo

५ पौष, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई एक पटक अवसर दिन जनतासँग आग्रह गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजित विशाल ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता नेपालले पार्टीको आगामी बाटो र विगतको भूमिकाबारे स्पष्ट पारेका हुन् । सम्बोधनका क्रममा उनले कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा अटुट रहेको दाबी गर्दै आफ्ना नेता-कार्यकर्ताहरू सधैँ सेवाको भावनाले ओतप्रोत रहेको उल्लेख गरेका छन् ।

आलोचना सुन्न तयार, तर काम गरेर देखाउँछौँ जनताका गुनासो र आलोचनालाई स्वाभाविक रूपमा लिँदै नेता नेपालले पार्टी अब नयाँ कार्यदिशाका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। आफुहरुले साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीका साथ अगाडि बढेको हो की होइन भन्ने कुरा कामले पुष्टि गर्ने भन्दै एक पटक मौका दिन आग्रह गरेका छन् ।
देशभक्तिको राजनीति नै हाम्रो मूल मन्त्र पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको स्थापना कालदेखि नै राष्ट्रियता र जनसेवालाई प्राथमिकता दिएको स्मरण गराए ।

उनले नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र बीचको एकता प्रक्रिया र वर्तमान ध्रुवीकरणले मुलुकमा नयाँ आशा जगाएको दाबी समेत गरेका छन् । प्रदर्शनी मार्गमा ओर्लिएको विशाल जनसागरलाई सम्बोधन गर्दै उनले अबको राजनीति गफमा भन्दा पनि काम र परिणाममा केन्द्रित हुने उद्घोष गरे।


सम्बन्धित समाचार