Logo

६ पौष, जनकपुर । मधेश प्रदेश सभामा आज सभामुख पदको निर्वाचन हुँदैछ। सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइएको हो।

मण्डलमाथि पद अनुकुलको आचरण नगरेको आरोप लगाइएको थियो। आजको निर्वाचनमा सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

सत्तारूढ गठबन्धनतर्फ जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गरेका छन् भने विपक्षी दल नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। सभामुखको चयनको लागि उपस्थित सांसदहरूले मतदान गर्नेछन्।

मधेश प्रदेशसभाको सभामुख पदमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा


सम्बन्धित समाचार