Logo

६ पौष, काठमाडौं । प्रभु बैंक लिमिटेडका शेयरधनीहरूका लागि यस वर्ष लाभांशको हात खाली हुने भएको छ ।

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुनै पनि बोनस शेयर वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत वर्षको वित्तीय प्रदर्शन र सञ्चित मुनाफालाई मध्यनजर गर्दै यसपटक लाभांश प्रस्ताव नगर्ने निष्कर्ष निकालेको बुझिएको छ ।

सञ्चालक समितिले लाभांश वितरण नगर्ने गरी तयार पारिएको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरणलाई अन्तिम रूप दिँदै स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि बैंकले आफ्नो वार्षिक साधारण सभा आह्वान गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।

अघिल्ला वर्षहरूमा नियमित लाभांश दिँदै आएको प्रभु बैंकले यस वर्ष वितरणयोग्य मुनाफाको अवस्थालाई हेरेर लाभांश नदिने निर्णय गरेपछि लगानीकर्ताहरूमाझ यसले चासो बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै