Logo

६ पौष, काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय अवस्थाको समीक्षा गर्दै यस वर्ष बोनस शेयर वा नगद लाभांश प्रस्ताव नगर्ने निष्कर्ष निकालेको हो । यस निर्णयले बैंकको लाभांशको प्रतीक्षामा रहेका लगानीकर्ताहरूका लागि यसपटक निराशा हात लागेको छ ।

सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्तावसहितको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरणलाई अन्तिम रूप दिँदै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरिसकेको छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकले आफ्नो वार्षिक साधारण सभाको मिति तोक्नेछ। पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको दबाब र वितरणयोग्य मुनाफाको सीमितताका कारण सिन्धु विकास बैंकले यस वर्ष नाफालाई जगेडा कोषमै राख्ने वा पूँजीगत आधार बलियो बनाउने नीति लिएको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै