६ पौष, वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र हुँदै चरेस ओसारपसार भइरहेको सूचनाका आधारमा जाँच गर्दा जगरनाथपुरबाट आएको ६ चक्के ट्रकसहित दुई जना कारोबारीलाई पक्राउ गरिएको हो।
बरामद गरिएको चरेस ट्रकमै लुकाइ ल्याइँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान प्रभावित हुन सक्ने भएकाले हाललाई उनीहरूको नाम तथा अन्य विवरण गोप्य राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ।
यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















