Logo

७ पौष, काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा आंशिक बदलीको अवस्था देखिएको छ।

महाशाखाले तराईका भू–भागमा तापक्रम केही घट्ने तथा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ। हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिन्छ।

मौसमविद्हरूले विशेष गरी बिहानको समयमा सवारी साधन चलाउँदा र हवाई उडानका क्रममा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार