Logo

७ पौष, काठमाडौं । राजधानीको माइतीघर मण्डलामा चुनावभन्दा सुशासनलाई प्राथमिकता दिनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिराज ढुंगाना, रविकिरण हमाल र निकोलस भुसाल लगायतका युवाहरूको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले वर्तमान राजनीतिक अवस्थाको विकल्पमा सर्वपक्षीय सरकार गठन हुनुपर्ने आवाज उठाएका थिए । प्रदर्शनकारीहरूले ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गर्दै तत्काल निर्वाचनमा जानुको सट्टा मुलुकमा विधिको शासन र स्थिरता कायम गर्न माग गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले प्रदर्शन सुरु भएको केही समयमै उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरूले निर्वाचनले मात्र समस्याको समाधान नहुने बरु सर्वपक्षीय सहमतिको सरकारले मात्र विद्यमान संकट टार्न सक्ने दाबी गरिरहेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको छ भने सो क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।


सम्बन्धित समाचार
भर्खरै