Logo

८ पौष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

पछिल्लो समय प्रविधिको प्रयोगसँगै वित्तीय ठगीका स्वरूपहरू जटिल बन्दै गएपछि नेपाल राष्ट्र बैंकले सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको हो । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सन्देश जारी गर्दै अपरिचित व्यक्ति वा समूहबाट आउने प्रलोभनयुक्त सन्देशहरू वित्तीय अपराधको प्रारम्भिक कडी हुन सक्ने भन्दै सचेत गराएको हो । विशेषगरी ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता सामाजिक सञ्जाल र इमेलमार्फत चिट्ठा परेको, महँगो उपहार जितेको वा वैदेशिक पार्सल आएको जस्ता भ्रमपूर्ण सन्देश पठाएर सर्वसाधारणको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने गिरोह सक्रिय रहेको राष्ट्र बैंकको ठहर छ ।

बैंकले छोटो समयमै दोब्बर प्रतिफल पाइने भ्रामक योजना वा सुन र बहुमूल्य धनसम्पत्ति फेला परेको जस्ता बहानामा आउने कुनै पनि फोन कल वा म्यासेजलाई विश्वास नगर्न सुझाव दिएको छ । यस्ता भ्रामक प्रस्तावहरूले नागरिकको गोपनीयता हनन गर्ने मात्र नभई बैंक खाता र डिजिटल वालेटको पहुँचमार्फत आर्जित सम्पत्ति नै रित्याइदिने जोखिम रहेको भन्दै राष्ट्र बैंकले वित्तीय सुरक्षाका उपायहरू अपनाउन जोड दिएको छ ।

अपरिचित लिङ्कहरू नखोल्न र आफ्नो ओटिपी वा पिन कोड कसैसँग साझा नगर्न आग्रह गर्दै केन्द्रीय बैंकले सुरक्षित वित्तीय व्यवहार नै ठगीबाट बच्ने सर्वोत्तम उपाय भएको प्रस्ट पारेको छ ।


सम्बन्धित समाचार