१० पुष, पर्सा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारणलाई शिक्षा, स्वास्थ्य र विभिन्न सामाजिक क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउने पवित्र उद्देश्यका साथ लायन्स क्लब अफ पोखरीया गठन गरिएको छ। लायन नेजामुद्दीन शमानीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै क्लबको औपचारिक सुरुवात गरिएको हो।
क्लबको सदस्यहरूमा आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, म. जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन, अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान रहनुभएको छ।
क्लब गठनका अवसरमा आयोजित विशेष कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं तथा डिष्ट्रिक्ट कोषाध्यक्ष लायन चन्द्रबहादुर केसीको विशेष उपस्थिति रहेको थियो। सोही अवसरमा डिष्ट्रिक्ट पदाधिकारीहरूले नवनियुक्त अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई संस्थाको लोगो अंकित ज्याकेट र लोगो प्रदान गरी पदस्थापन गराउनुभएको थियो।
उक्त कार्यक्रममा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, नरोत्तम पाण्डेय, जावेद अहमद, रिपेश माली तथा अलिराज हुसेन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नवगठित क्लबले आगामी दिनमा पोखरीया र आसपासका ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार, स्वास्थ्य शिविर सञ्चालन र विपन्न वर्गका लागि राहतका कार्यक्रमहरूलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।















