Logo

१० पुष, वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन), वीरगञ्जको आयोजनामा प्राथमिक, माध्यमिक तथा माध्यमिक (+२) तहस्तरीय चेस प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । वीरगञ्जस्थित ओम पार्टी प्यालेसमा आयोजित उक्त प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेशनल प्याब्सन, वीरगञ्जका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

विभिन्न तीन विधामा विभाजित प्रतियोगिताको अन्तिम नतिजा निम्न अनुसार रहेको छ:

तह प्रथम द्वितीय तृतीय
प्राथमिक आयुष गुप्ता (जिएचपी स्कुल) नितिन कानु (ज्ञान उदय स्कूल) रिदम राई (आइडियल एकेडेमी)
माध्‍यमिक सिद्धार्थ श्रेष्ठ (डिपिएस स्कुल) पियुष कुमार साह किशन साह (सगरमाथा एकेडेमी)
माध्‍यमिक (+२) समित चौधरी आयुष चौरसिया (डेसिमल स्कूल) सुमेधा खण्डेलवाल (दिल्ली पब्लिक स्कूल)

कार्यक्रममा विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितालाई व्यवस्थित बनाउन प्रमोद कुमार साह र हरिन्द्र प्रसाद कुशवाहाले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरू राहुल श्रीवास्तव, अमिल आलोक, कमल चौगाई लगायतले मन्तव्य राख्दै चेसजस्ता बौद्धिक खेलले विद्यार्थीको रणनीतिक सोच, अनुशासन र खेलभावना विकासमा मद्दत पुग्ने बताउनुभयो ।

काव्या एकेडेमीकी प्रधानाध्यापक ममता कुशवाहाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अध्यक्ष जियालाल गुप्ताले आगामी दिनमा पनि नेशनल प्याब्सन वीरगञ्जले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता बौद्धिक र शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार
भर्खरै