Logo

१४ पौष, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अन्य विकल्पतिर सोच्दा देश फेरि अर्को दुर्घटनामा जान सक्ने चेतावनी दिए ।

प्रचण्डले भने, “देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ । पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ ।”

उनले थपे, “सबै राजनीतिक दल विभिन्न उतारचढाव हुँदै निर्वाचनमार्फत देशमा राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ लैजान सकिन्छ । वातावरण बनेको छ, त्यसैले सबै दल सहभागी हुनेछन् ।”

संयुक्त प्रयासले संकटग्रस्त राष्ट्रलाई निकास दिने, अराजकता फैलिने आशंका कम गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने प्रचण्डको भनाइ छ । साथै, राजनीतिप्रति नवयुवाको बढ्दो रुचि पनि सकारात्मक पक्ष भएको उनले बताए ।


सम्बन्धित समाचार