१५ पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले सोमबार आयोगमा सूची बुझाएको हो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १६ वामपन्थी घटकबीच एकता गरेर गठन गरिएको नेकपाले सबै घटक र समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी बन्दसूची तयार गरिएको जनाएको छ । पार्टीका अनुसार सूची समावेशी सिद्धान्तअनुसार बनाइएको छ भने यसअघि अवसर नपाएका नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ ।
पेस गरिएको बन्दसूचीमा खस–आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको छ । खस आर्यतर्फ ३२ जना, आदिवासी जनजातितर्फ ३३ जना, मधेशीतर्फ १८ जना, दलिततर्फ १५ जना, थारुतर्फ ७ जना र मुस्लिमतर्फ ५ जना उम्मेदवार समावेश छन् ।
पार्टी नेतृत्वका अनुसार समानुपातिक सूची तयार गर्दा समावेशिता, क्षेत्रीय सन्तुलन, लैङ्गिक प्रतिनिधित्व र राजनीतिक योगदानलाई आधार बनाइएको छ । विशेष गरी नयाँ पुस्ता, महिला र विभिन्न समुदायका प्रतिनिधिलाई संसद् प्रवेश गराउने उद्देश्यसहित सूची तयार गरिएको नेकपाको दाबी छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार पेस भएका बन्दसूचीहरूको छानबिनपछि आवश्यक परे सच्याउने तथा अन्तिम सूची प्रकाशन गर्ने प्रक्रिया अघि बढाइनेछ । नेकपाले निर्वाचनमार्फत राजनीतिक स्थायित्व र सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई सुदृढ बनाउने लक्ष्यका साथ निर्वाचनमा जाने जनाएको छ ।
यस्तो छ सूची
खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल
आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा।पुष्पराज कर्णिकार
मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास
दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा।मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार
थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी
मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ















